‘इमर्जेन्सी’को टिजर र पोस्टर रिलिज,इन्दिरा गान्धी अवतारमा कंगना रनौत



मुम्बई :

बलिउड अभिनेत्री कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘इमर्जेन्सी’ को फस्र्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै कंगनाको फस्र्टलुक सार्वजनिक गरेको हो । चलचित्रमा अभिनेत्री कंगना भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन् ।

भिडियोमा अमेरिकी राष्ट्रपतिसँगको फोन वार्ताको प्रसंग समेटिएको छ ।सौर्य दैनिकमा खबर छ । जसमा कंगनाले आफूलाई म्याडम होइन सर भनेर सम्बोधन गर्ने बताएकी छन् । चलचित्रलाई रेनु पट्टी र कंगनाले निर्माण गरेका हुन् । अभिनेत्री कंगना आफैले निर्देशन गरेको यो चलचित्र सन् २००३ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । कंगनाकै कथा रहेको चलचित्रको पटकथा र संवाद रितेश शाहले तयार पारेका हुन् ।

मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने :मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (गाभ्ने) गर्ने भएको छ । दुवै कम्पनीको गाभ्ने–गाभिने प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछ ।

दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वयारपछि कायम पुँजीका आधारमा प्रिमियममा एफपीओ निष्कासन गर्ने लगायतका एजेन्डा राखेका छन् । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्