रहेनन् पूर्व एआईजी पंकज श्रेष्ठ



काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ ।

डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या झेलीरहेका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको आज दिउसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

यो पनि : भक्तपुरमा यो वर्षदेखि राजधानी कलेज सञ्चालनमा आउने : रोम्बस नेशनल स्कूलको व्यवस्थापनमा भक्तपुरमा यसवर्षदेखि राजधानी कलेज सञ्चालनमा ल्याइने भएको छ । पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

भक्तपुरको कमलविनायक चोखास्थित रोम्बस स्कुलमा कलेज सञ्चालनमा आउने भएको हो । भक्तपुरको शैक्षिक संजाललाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जोड्ने उद्देश्यका साथ कलेज सञ्चालन गर्न लागिएको जनाइएको छ । शिक्षा र पर्यटनमा लागि भक्तपुर भन्ने नारालाई सार्थक बनाउन थप योगदान गर्ने उद्देश्यले कलेज सञ्चालन गर्न लागिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा डा राजेन्द्र कोजूले कलेजमा यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा शाश्त्रका कक्षाहरु संचालन हुने जनाए । राजधानी कलेजको छुटै विभाग र भवन बनाई कुल २६ आना जग्गामा २ वटा आफनै भवन प्रयोग गर्ने गरी करिब ३ करोड लगानीका संचालन हुने उनले जनाए ।

सन् २००५ मा सम्वन्धन प्राप्त गरिसकेको राजधानी कलेज यस शैक्षिक वर्षदेखि भक्तपुरमा स्थानातरण संचालन गरी सञ्चालन गर्न लागिएको हो । कलेजको ठेगाना चागुनारायण नगरपालिका ७ चोखा कमलविनायक क्षेत्रमा रहने जनाइएको छ ।

कलेजसँग विभिन्न विषय अध्यापन गर्ने अनुभवी र योग्य शिक्षकहरु रहेको जनाइएको छ । करिब सात सय विद्यार्थी अध्ययनरत रोम्बस सेकेण्डरी स्कूलको बलियो जगमा राजधानी कलेज संचालन हुने जनाएको छ । कलेजले नाफा भन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिक्ता दिइने जनाएको छ ।

पहिलो वर्ष शुभारम्भको वर्ष भएकाले गरिब जेहेन्दार विद्यार्थीहरुलाई व्यापक छात्रवृत्ति दिन योजना राखिएको छ । कलेजको कार्यक्षेत्र रहेको स्थानमा पालिकाहरुसँग समन्वय गरी सरकारद्वारा घोषित पढदै कमाउँदै कार्यक्रम सफल बनाउँने यस कलेजले प्रयास र अभ्यास गरिने छ ।

निर्धारित पाठ्यक्रमका साथै जिवन उपयोगी तथा सीपमूलक अतिरिक्तक पाठ्यक्रम गरी कक्षा १२ उत्र्तीण गर्ने बेलासम्म सीप र शिक्षा दुबै रहेको विद्यार्थी निमार्ण गरी सक्षम बनाइने योजना राखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्