कोरियामा मेसिनमा टाउको च्यापिएर भोजपुरका तिर्थको घटनास्थलमै मृत्यु



दक्षिण कोरिया :

दुर्घटनामा परि कोरियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका छन् ।बिहीबार कार्यस्थल मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले बताए । ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।

फलाम काट्ने काम हुने उक्त कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेको बताइएको छ । मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । त्यस्तै यस अघि पनि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक:हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

नयाँ ब्याजदरअनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्