महोत्तरीमा दुई वर्षीय सार्थकको शव पोखरीमा भेटियो



जलेश्वर:

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो ।

बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो ।

आज ह्वात्तै घट्यो सुनको भाउ:साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँ कायम भएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्