प्रधानमन्त्री देउवा भन्छन् गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्छ



काठमाडौं ३१ असार :

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।शुक्रबार बसेको सत्ता गठवन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा मुछिएपछि चौतर्फी आलोचना खेपेका गर्भनर अधिकारीको राजीनामा माग गरिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले नैतिक रुपमा पनि गर्भनर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले राजीनामा दिनु बाहेक अर्को विकल्प नभएको देउवाको भनाई रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्