पारिश्रमिक विबादपछि बोले विपिन, भन्छन् फिल्ममा काम गरेको पैसा पाउने निश्चित नभएसम्म कसरी काम गर्ने ?



काठमाडौं ।

कलाकारले समयमा पारिश्रमिक नपाएपछि फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । पटक पटक माग्दा पनि पारिश्रमिक नपाएपछि
अभिनेता विपिन कार्की छायाङ्कन स्थलबाट हिँडेपछि फिल्मको छायांकन रोकिएको हो ।

कास्कीको ल्वाङ गाउँ पुगेर छायांकनको तयारी गरिरहेका बेला पारश्रमिक विबादपछि विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायाङ्कन स्थलबाट हिँडेपछि रोकिएको भन्ने आरोपलाई अभिनेता विपिनले भने निर्माण युनिटको कुरो खण्डन गरेका छन् ।

उनले निर्माण कम्पनी सुवास थापा प्रोडक्सनसँग पारिश्रमिकको सुनिश्चितता नभएसम्म आँफुले काम नगर्ने बताएका छन् ।

अहिले पनि कास्कीमै रहेको बताएका विपिनले निर्माता निर्देशक परिवर्तन भइरहेको गुनासो समेत गरेका छन् ।

निर्माण कम्पनी सुभास थापा प्रोडक्सनले पैसा दिन्छ भन्ने विश्वास नलागेको भन्दै विपनले भने फिल्मका लागि भनेर समय दिन १७ दिन खेर गयो ।

अव ४५ दिन दिँदा पछिका प्रोजेक्टलाई असर पर्ने भएकोले काम नगर्ने निर्णयमा पुगेको समेत विपिनले बताए । विपिन बलिउड फिल्म एनिमलमा अनुबन्धित भएसँगै उनको व्यस्तता बढेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्