आफ्नै गोठघरमा सुतिरहेकी महिलालाई १५ वर्षीय र १७ वर्षीय किशोरले …….



बारा, ३१ असार

महिलालाई सामूहिक क रणी गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई क रणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले क रणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई ज बर्जस्ती क रणी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो पनि, अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटाैती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयाेग घाेषणा गरेका छन् । शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखकाे अक्षयकाेष घाेषणा गरेका हुन् । लामाे समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छाेड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगाेस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटाैती गरी सहयाेग गरेकाे बताएका छन् ।

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्