आज सम्म सिगंलै छु भन्दै मिडियामा बोल्दै आएकी अभिनेत्री जाह्नवी कपूरको खुलासा ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण मेरो ब्रेकअप भयो



काठमाडौं:

बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण ब्रेकअप गरेकी खुलासा गरेकी छन् । ‘कफी विद करण–सिजन ७’को दोस्रो एपिसोडमा
जाह्नवीले यस्तो खुलासा गरेकी हुन् ।

शोमा आफ्नो प्रेम जीबनबारे खुलेर यस्तो कुरा गरे पछि जान्भीले सँगै गएकी उनकी मिल्ने साथी सारा करण मज्जाले हासेका थिए । जाह्नवीले सोही विषयलाई लिएर आफ्नो ब्वाइफ्रेण्डसँग निकै झगडा गरेपनि ६ घण्टापछि पुनः प्याचअप भएको बताइन् । ’

उक्त शोमा जाह्नवीको ड्रेसिङ सेन्स र पर्सनालिटीबारे करणले खुलेरै तारिफसमेत गरेका थिए । त्यस्तै करणले जाह्नवीलाई सेक्सी र हटको ट्यागसमेत दिएका थिए । त्यस्तै शोमा सँगै जान्भीले पनि आफ्नो प्रेम जीवन काम बारे खुलेर कुरा गरेकी थिइन् ।

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित :प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

उनी भुसालसँग पराजित भएकी हुन् । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्