किन रोकियो प्रधानमन्त्रीको अमेरिका भ्रमण ?



काठमाडौं:

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्।

‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’ उनले भने ।

प्रचण्ड दिल्ली पुगे:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जानकारी दिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्