आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित चलचित्र ‘सम्झना बिर्सना’सयभन्दा बढी हलबाट लाग्दै



काठमाडौं :

आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ ।

गत ६ जेठमा रिलिज गर्ने भनिएको चलचित्र स्थानीय निर्वाचनका कारण ३१ असारका लागि सारिएको थियो । निर्माता अद्वितीय प्रधानका अनुसार चलचित्रमा अग्रिम बुकिङ राम्रो देखिएको छ ।

दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्म्सले वितरण गर्दै छ । निमेष प्रधानले गरेको निर्देशन फिल्म रेविका प्रधानले निर्माण गरेकी हुन् ।

आकाश र पूजासँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको अभिनय रहेको चलचित्रको कथा, पटकथा निर्देशक निमेषकै हो । संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् ।राजधानि दैनिकमा खबर छ ।

शिव ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ सम्पादन छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्