वाह्य शक्तिहरूको चलखेल बढ्न थाल्यो : अध्यक्ष थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार बिहानै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाएका छन् ।

देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको औल्याउँदै थापाले लेखेका छन् – संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल कठपुतली तयार गर्ने होडमा छन्।

दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।

यो पनि : पुष्पा भुसाल उपसभामुख बन्दा किन खुशी भए सुवास नेम्वाङ ? उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् ।

उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने ‘ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ ।’नेम्वाङले अब मंसिरमा हुने निर्वाचन स्वस्थ हुनु पर्ने बताउँदै सबैले आफूलाई समीक्षा गर्नुपर्ने उल्लेख गरे ।

बुधबारसम्म संसद् बैठक स्थगित :प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्