ओली सरकार कसले ढाल्यो भन्दै नारायणकाजीसँग गर्जिए चन्द्र भण्डारी



काठमाडौं, ३२ असार:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालिन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् ।

ओली उपस्थित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता सम्भवः नभए तालमेल गर्ने प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि सो प्रश्न गरेका हुन् ।

‘तीन महिना मलाई सरकार चलाउन दिनुहोस, अब म पार्टीको अध्यक्षमा लडदिन, म महाधिवेसनबाट नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नु भएको थियो तर सरकार ओलीजीको सरकार ढल्यो,’ भण्डारीले भने, ‘के उहाँको सरकार अमेरिका आएर ढालेको हो ?’ भण्डारीले नेपाली भुमीलाई बिदेशी शक्तिहरुको क्रियास्थल बन्न नदिनका लागि राजनीतिक दलहरु सचेत हुनु पर्ने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्