तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २३ वर्षीय विक्रमको मृत्यु



तनहुँ:

तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

बुटवल कोरा २०२२ : पुरा गरे ६० किलोमिटर यात्रा:साइकलमार्फत रुपन्देहीका धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारसँगै सामाजिक सहयोगको उद्देश्यका साथ बिजी बेकर्स बुटवल कोरा २०२२ सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश खेलकुद विकास परिषद्, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले शनिबार बुटवलको कालिका मानवज्ञान माविमा रिबन काटेर शुभारम्भ गर्दै साहसिक खेल साइक्लिङको सम्भावना प्रदेशमा बताए ।

साइक्लिङ प्रत्यक्ष रूपमा मानवीय स्वास्थ्य र पर्यटनसँग जोडिएको भन्दै यसतर्फ सरकारको विशेष कार्यक्रम र योजनाहरू बनाउने प्रतिबद्धता जनाए । कोरा मार्फत धार्मिक, ऐतिहासिक, पुरातात्त्विक स्थलहरूको प्रचारप्रसारसँगै वातावरण जोगाउने अभियानलाई सचेतना जगाउने रूपमा रहेको बताए ।

कार्यक्रमका आयोजक बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले रुपन्देहीका ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइक्लिङ ग्रुप, साइकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साइक्लिङ संघको सहकार्यमा कार्यक्रम सम्पन्न भएको बताए । साइकिलेहरूको लागि दशैको रूपमा कोरा पर्व भएको भन्दै यसबाट प्रत्येक वर्ष धार्मिकस्थलहरूको प्रचारसँगै सामाजिक भावना विकास गर्ने बताए ।

दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान दिने रुपन्देही जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले बताए । करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कोराको मूल मर्म अनुसार सामाजिक क्षेत्रमा योगदान गर्दै आएको भेषराज गैरले बताए । कोरा कार्यक्रम केवल साइकल इभेन्टमात्र नभई यो साइकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

रुपन्देही जिल्ला साइक्लिङ संघका सदस्य तथा बुटवल साइक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्त्व र कार्यक्रमबारे प्रकाश पार्दै कोरा बुटवलको संस्कृति बनेको दाबी गरे । साइकलमार्फत पर्यटन प्रवर्द्धनसँगै पर्यावरण जोगाउने पवित्र अभियानमा यस क्षेत्रका साइकिलेहरू लागेको उनले बताए ।

बुटवलको कालिका मानव ज्ञान माविबाट सुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउँ, बेल्बास चोक, लायन्स आँखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका मावि पुगेर समापन भएको सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

विश्वभर नै कोरा साइक्लिङ गरिँदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरू गरिँदै आएको उनले बताए । कार्यक्रमका संयोजक रविलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रम सञ्चालन गरिएको बताए । यो वर्ष कोरामा रुपन्देहीका ४ र नवलपरासी जिल्ला साइक्लिङ संघसहित १ सय ५० बढी साइक्लिष्टहरू सहभागी भएका थिए । कार्यक्रममा सहभागी सबै साइकिलेहरूलाई कोरा केन्द्रबाट उपलब्ध भएको मेडल र स्टाफ वितरण गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्