पोखरामा विनायकले चलाएको कारले ६ वटा गाडीलाई ठक्कर दिएर भाग्यो



कास्कीस्

पोखरामा गएराति एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेको बा १२ च ६३३९ नम्बरको कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

झापा घर भएका विनायक वलीले चलाएको कारले पार्किङमा रहेको ग १ ज ३८४३ नम्बरको ट्याक्सी, ग २१ प ७३८० स्कुटर, ग २० प ७१६१ नम्बरको स्कुटर, ग ९ प ७३८० नम्बरका मोटरसाइकल, ग ९ प ५०६ नम्बरको स्कुटर, ग ११ प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको तथा कार चालक वली र कारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्