२९ जुलाईमा रिलिज हुँदै जाह्नवी कपुरको फिल्म ‘गुड लक जेरी’



काठमाडौं:

बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म ‘गुड लक जेरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो । डिज्नीप्लस हटस्टारको निर्माण रहेको यो फिल्म अ कलर याल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्यात्मक ब्यानरमा बनेको हो । फिल्मलाई सिद्धार्थ सेनले निर्देशन गरेका छन् ।

हास्य व्यंग्यात्मक कथामा आधारित फिल्ममा कपुरसँगै दिपक डोब्रियल, मिता बसिष्ट, निरज सुद र सुशान्त सिंह मुख्य भूमिकामा छन् । यो फिल्म २०१८ मा आएको तमिल फिल्म कोलामाभु कोकिलाको रिमेक हो । फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा रिलिज हुनेछ ।

बिलासी बस्तुको आयात प्रतिबन्ध थप ४४ दिन लम्बियो:सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो ।

जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन् ।

मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिवन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसि सम्मको भने आयातमा खुल्ला गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्