होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी असिम श्रेष्ठ प्रहरी नियन्त्रणमा



बुटवल:

बुटवलको गोलपार्क स्थितएक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७ बर्षिय समीक्षा गुरुङको घटनामा अनुसन्धानका लागि प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । असार २५ गते शनिबार बुटवल गोलपार्क स्थित होटल पाल्पालीमा झुन्डिएको अवस्थामा समीक्षा फेला परेकी थिईन । अघिल्लो रात एक युवकसँग आएकी गुरुङ विहान होटलमा झु न्डिएको अवस्थामा फेला परेपछि घटना रहस्मय भएको थियो । प्रहरीले समिक्षासँग होटलमा रात बिताएका प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असिम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै प्रहरीले प्रेमी असिमसँगै होटलका सञ्चालक ४३ बर्षिय रामप्रसाद अर्याललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । असार ९२५० गते शुक्रवार राति होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केको प्रहरीसँग बयान दिएका छन् । पक्राउ परेका प्रेमिले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्विकार गरेको बयान प्रहरी समक्ष दिएको डिएसपि केसीले बताउनु भयो । प्रहरीका अनुसार समीक्षा र असिम होटलको कोठा नम्बर १०५ मा रात बिताएका थिए । समीक्षा बुटवलमा घर भएपनि एसइईपछि स्टाफ नर्स पढ्ने तयारीको लागि काठमाडौँ बस्ने गरेको परिवारले बताएका छन् । काठमाडौं अध्ययनका लागि पुगेकी समीक्षा असार २३ गतेमात्रै बुटवल आइएकी थिइन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

बुटवलको अमर पथमा पसल गर्ने प्रेमी श्रेष्ठसँग पहिल्यैदेखि सम्बन्ध रहेको प्रहरी बयानमै बताएका छन् । असार २४ गते फोनमा कुराकानी भएपछि समिक्षा र असिम होटल गएर रात बिताएका हुन । बिहानै पसल खोल्न असिम निस्केको र होटेलमा विवरण समेत नराखेकाले खोजी गर्न निकै मिहेनत गर्नुपरेको प्रनाउ केसीले बताउनु भयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्