बारामा मोटरसाइकल दुर्घटना हुँदा रामको मृत्यु,२८ बर्षीय अरविन्द गम्भीर घाइते



बारा, १ साउन :

बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ बर्षीय रामबाबु साह र पछाडी सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ बर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।

घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैया उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल विरगन्ज पठाइएको छ ।

दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रीत भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्