एक्कासी किन अष्ट्रेलिया उडिन् पूजा



काठमाडौँ :

अभिनेत्री पूजा शर्मा अष्ट्रेलिया गएकी छिन् । पूजा फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि अष्ट्रेलिया गएकी हुन्। लामो समयदेखि भिसाको पर्खाइमा रहेकी पूजा शनिबार अष्ट्रेलिया उडेकी हुन्।
उनले भिसा नपाएकै कारण पूजाले अष्ट्रेलियामा भएको बलिउड स्टार गोविन्दाको कार्यक्रममा प्रस्तुती दिन पाएकी थिइनन् । भिसाकै कारण सरिरहेको फिल्मको प्रिमियर अब भने हुने भएको छ।

पूजा अभिनित फिल्म ‘सम्झना बिर्सना’ गत शुक्रबारबाट नेपाल प्रदर्शनमा आएको छ। यो फिल्ममा पूजा र आकाश श्रेष्ठले अभिनय गरेका छन्।पूजा ‘सम्झना विर्सना’को प्रचार सकेर अष्ट्रेलिया उडेकी हुन्।

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता :जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए ।

स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले भने, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था गरेको हो। एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ना उनीहरूलाई प्रोत्साहनस्वरूप गोठालो भत्ता दिने गरेको छ ।’

भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख महतले बताए । उनका अनुसार ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो। यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।

रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्