मेलम्ची सुरुङमा परेर मृत्यु भएका सतिसकुमार र राधाकृष्णका परिवारलाई सरकार दियो पाँच-पाँच लाख रुपैयाँ



काठमाडौं, १ साउन:

मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ ।

२०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनिय सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच(पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा १७ नम्बर गेट फुट्दा गोइत र थापा बेपत्ता भएका थिए । सो घटनाको केही दिनपछि थापाको शव मेलम्ची नगरपालिका(११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो भने जनकपुरका इन्जिनियर गोइतको शव बाहुने पाटीमा भेटिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्