मोदीलाई भेट्न नपाएको झोकमा आज स्वदेश फर्किदै प्रचण्ड, किन प्रचण्डलाई भेट्न मानेनन् मोदीले ?



काठमाडौं १ असार ।

तीन दिन भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज आइतबार साँझ स्वदेश फर्किने भएका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा शुक्रबार प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका थिए । भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भएपनि प्रचण्डले मोदीलाई नभेट्ने भएका छन् ।

अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जानकारी दिएको हो ।

यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको जानकारी दिएको प्रचण्डको सचिवालयले जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट भएको बताएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्