यी पाँच जना साथी मिलेर गरेको यस्तो धन्दाले नेपाल प्रहरी पनि झस्कियो ! खुल्यो यस्तो डरलाग्दो रहस्य



काठमाडौं ।

पाँच लाख रुपैयाँ र एउटा मोबाइल सेटको प्रलोभनमा नेपालीले भारतमा मिर्गौला बेच्ने गरेको खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो ।

भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा सडक बालबालिकालाई लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमल बहादुर शाही र झापाका आशिष तामाङलाई हुन् । काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट थाहा हुन आएको छ ।

मजदुर र बालबालिकालाई उनीहरुले भारतमा लगेर ‘मिर्गौला बेचेपछि ५ लाख नगद र ५० हजार पर्ने मोबाइल पाइन्छ’ भनेर डिल गर्ने गरेका थिए । पक्राउ परेका दुईजना त्यसरी मिर्गौला बेचेका पीडित पनि हुन् । उनीहरुले आफ्नो शरीरबाट मिर्गौला झिकेको देखाएर ‘शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा कुनै असर गर्दैन’ भनेर पीडितलाई फकाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरूले सडकपेटीमा जीवन निर्वाह गर्ने र विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई आफ्नो जालमा पार्ने र नेपालबाट भारत पुर्‍याएपछि सुविधासम्पन्न होटेलमा राखेर पौष्टिक आहार समेत खुवाइने गरेको खुलेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्