के तपाई चिप्ले भिन्डी खानुहुन्छ ? यस्ता छन् फाइदा



काठमाडौ:

चिप्ले भिन्टी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने नियमित तरकारी हो ।भिन्टीले विभिन्न रोगको सावधान गर्दछ । यसको सेवन गर्दा धेरै फाइदा हुन्छन् । यसले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुन्छ । चिप्ले भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।यसले मुटु रोग लाग्नबाट जोगाउछ ।

यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।पाचन शक्ति मजबुत बनाउछ ।रोग प्रतिरोध क्षमता बढाउछ ।रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ ।गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

सिलिन्डर पड्केर आगलागी, तीन जना घाइते;बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएकाे आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन । प्रहरीका अनुसार यादवको घरमा एकै पटक तीन वटा ग्यास सिलिन्डर पड्किएको थियो ।

आगलागीमा घरमा रहेको नगद १ लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी, एक थान साइकललगायत सामान जलेर पूर्ण रुपमा नष्ट भएको घरधनी यादवले जानकारी दिएका छन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्