चितवनमा वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सेना ३३ वर्षीय सुरजले गुमाए ज्यान,कार वडा सदस्य प्रहरी नियन्त्रणमा



चितवन:

भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।

मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहँुको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् । वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा ९एमाले०बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्