पोखरामा एनआईसी एसिया बैंकको एटिएम फोर्न खोज्ने १९ वर्षीय नरेश पुन मगर पक्राउ



कास्की, २ साउन

पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो पनि, सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

एक थान मंगलसुत्र, एक थान चेन, चार थान झुम्का, एक थान लकेट, १२ आनाको औठी, एक थान तिलहरी तथा चाँदीको पाउजु र दुई थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको प्रहरीले जनाएको छ । उनीमाथि चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्