उपत्यकामा तापक्रम ३२ डिग्री नाघ्यो ! काठमाडौँमा मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी



काठमाडौँ :

काठमाडौँमा हिजो मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी भएको हो । हिजोको काठमाण्डौमा अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद्ले जनाएका छन् । पानी नपर्दा काठमाण्डौ सहित देशभर नै गर्मी बढिरहेको छ । अहिले भने काठमाडौँसहित वाग्मती, प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा शीतल छ ।

हिजोअस्ति बिहानै घाम चर्किने गरे पनि यी प्रदेशका केही ठाउँमा आज बिहान हल्का पानी पर्नुका साथै मौसम आंशिकदेखि सामान्य बदली भएकाले केही शीतल भएको हो । तर, केही घण्टामा फेरि बादल हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।

उपत्यकासहित केही ठाउँमा लागेको बादल केही घण्टामा हटेर फेरि घाम चर्किने सम्भावना छ । यसले गर्दा अहिले शीतल भए पनि गर्मी फेरि बढ्ने अनुमान छ ।

वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किएको छ । अत्यधिक गर्मीका कारण तराईका जिल्लाको जनजीवन बढी प्रभावित भइरहेको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्