पोखरामा १३ वर्षकी बालिका बलात्कार आरोपमा २४ वर्षीय खीमबहादुर पक्राउ



पोखरा, २ साउन:

पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ ।

पर्वत कुश्मा नगरपालिका(६ दुर्लुङका २४ वर्षीय खीमबहादुर विक पक्राउ परेका हुन् । उनीमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचारपश्चात् अभिभावकको जिम्मा लगाइएको छ ।

पाल्पामा यसरी लुटियो सडक ठेकेदारको २० लाख रुपैयाँ:पाल्पामा सडक ठेकदार सुमन पन्थ समेत दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ गएराति लुटपाट भएको छ ।

पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन् ।

प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र।३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।

सोहीबेला पन्थ समेत दुई जनालाई अन्दाजी ७÷८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए ।

कुटपिटबाट घाइते भएका पन्थ समेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्