गोरखामा तिब्र गतिको जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेकी २३ वर्षीया मेलिनाको मृत्यु, मनराजको गम्भीर अबस्थामा उपचार हुँदै



गोरखा, २ साउन :

गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ ।

भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आज बिहान पौने ८ बजे ठोक्किएका थिए।

दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्