कैलालीमा सानो गल्तिले सदाका लागि अस्ताइन ९ वर्षीया आयुशा



धनगढी, २ असार:

कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

एकै दिन ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु:पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्