अर्घाखाँचीमा बाँदरले लियो टङ्कको ज्यान



कर्णाली :

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् ।

बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिनुभयो । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

सलमान खान पछि सहनाज गिलले पाइन् संजय दत्तको फिल्ममा काम गर्ने अबसर:बलिउडमा पछिल्लो समय व्यस्त रहन थालेकी छन् सहजान गिल । प्रेमी सिद्धार्थ शुक्लाको निधन पछि एक्लििएकी उनलाई सलमानले साथ दिएपछि फिल्ममा काम गर्न पाइन् । उनलाई सलमानले राम्रो सहयोग गरे ।

यहि बिच उनी अभिनेता संजय दत्तसँग अमेरिका गएकी छन् । उनी अमेरिका गएसँगै उनी संजयसँग फिल्म खेल्न लागेको अनुमान गर्न थालिएको छ । बिगबोस १३ बाट चर्चामा आएकी शहनाज पंजावी फिल्म सत श्री अकाल एग्लेन्डबाट डेब्यु गरेकी थिइन् ।

उनले सलमानको फिल्म कभी इद कभी दिवाली बाट बलिउडमा डेब्यु गरेकी हुन् । फिल्मका तस्विर पनि भाइरल बनेका थिए ।सिद्धार्थ शुक्ला संगको मजबुत रिलेशनका कारण उनले लाखौ दर्शकको मन जितेकी थिईन् । सिद्धार्थको निधन पछि शहनाज एकदमै शुन्य जस्ती भएकी थिईन् । तर पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा उनको सक्रियता बढेर गएको छ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्