प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन जित्न भन्दै यस्ता रणनीति अपनाउँदै काँग्रेस



काठमाडौं ३ साउन ।

नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । आगामी चुनाव लक्षित गर्दै कांग्रेसले आगामी भदौ २ गतेदेखि २४ गतेसम्म विशेष अभियान चलाउने भएको हो ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले चुनावलक्षित विशेष अभियान चलाउने निणर्य गरेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन समेत गर्ने निणर्य गरेको कांग्रेसले स्थानीय तहको निर्वाचन मा जस्तै अभियान चलाउने भएको हो ।

संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने कांग्रेसले निणर्य गरेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्