सस्तियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं :

आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेपछि प्रतितोला सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

महासंघका अनुसार हिजो सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँले घटेको थियो । आज सुन सँचै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ । जुन, हिजो सोमबार ११ सय ६५ रुपैयाँ थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्