आज देशका यी स्थानमा भारी वर्षा हुने, सर्तक रहन आग्रह



काठमाडौं, ४ साउन:

आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

म आफ्नो परिवारलाई निकै माया गर्छु रणबीर कपुर: बलिउड अभिनेता रणबीर कपुरले कसैले आफ्ना बारे बकवास गरिरहेको छ, केही नराम्रो भनिरहेको छ भने, त्यसले मलाई केही फरक नपर्ने बताएका छन् ।

बलिउड बबलसँग लामो कुराकानी गर्दै रणबीर कपुरले अहिले आँफुलाई हल्कामा लिँदा समेत आँफुलाई कुनै असर नपर्ने बताउँदै भने यसले मलाई केही फरक पार्दैन ।

म आफ्नो जीवनलाई प्रेम गर्छु । आफ्नो कामलाई प्रेम गर्छु । आफ्नो परिवारलाई माया गर्छु । मेरो जीवनमा जे जति कुराहरु छन्, त्यसका लागि म अत्यन्त आभारी छु ।’ म कलाकार भएको नाताले मानिसहरुले मेराबारे जे पनि भन्न सक्छन् ।

उनीहरुले मेराबारे राम्रो कुरा भन्न सक्छन् । उनीहरुले खराब कुरा पनि भन्न सक्छन् तर उनीहरुलाई मेरो फिल्म मनपर्छ कि पर्दैन भन्ने कुराले चाहिँ मलाई फरक पर्छ उनले उक्त कुराकानीका क्रममा बताएका छन् ।

कुराकानीका क्रममा उनले अगाडी भने यदि कुनै नकारात्मक कुरा मसम्म आइपुगिहाल्यो भने पनि म त्यसलाई निकै हल्का रुपमा लिन्छु ।

हाल पत्नि आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका रणवीरुलाई कफी विद करणमा सोनम कपुर र दीपिका पादुकोणले रणबीरको छविमा ठट्टा गरेका थिए । त्यसपछि रणवीरले उनीहरुलाई प्रतिक्रिया शान्त शैलीमा प्रतिक्रिया दिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्