तेस्रो पटक आमा बन्ने झुटो खबर फैलिएपछि बोलिन करिना, भनिन् ‘सैफले यस अघि नै जनसंख्या मा आफ्नो योगदान दिइसकेका छन्’



एजेन्सी :

बलिउड नायिका करिना कपुरको एउटा यस्तो तस्विर बाहिर आयो जुन तस्विर देखेपछि उनी तेस्रो पटक आमा बन्न लागेको खबर भाइरल बन्यो । सोसल मिडिया भरी करिना फेरी पनि आमा बन्न लागेको विषय गर्माए पछि उनले मुख खोलेकी छन् ।

उनले आफु आमा बन्न नलागेको भन्दै उ  लेखेकी छन् म प्रग्नेन्ट छैन । सैफलेै यस अघि नै जनसंख्या मा आफ्नो योगदान दिइसकेका छन् । हाहाहा भन्दै इमोजी बनाएकी छन् । करिना कपुर र सैफ तैमुर जेहका आमा बाबु बनी सकेका छन् ।

त्यस्तै सैफकी पहिली पत्नी अमृता सिंह बाट पनि सारा र इब्राहिम जन्मेका छन् । सारा बलिउडमा पछिल्लो समयकी चल्तीकी नायिका हुन् । करिना पछिलो समय फिल्म ‘लाल सिंह चड्ढामा व्यस्त छन फिल्म फिल्म ११ अगस्टमा रिलिज हुँदैछ ।

बाँदरले चार महिनाको शिशुलाई छतबाट खसालिदिएपछि…;भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो ।

रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो ।

बादरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।

बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बादरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिबारका अन्य सदस्यलाई पनि हमला गरेको थियो ।

घटना यतिसम्म हृदयविदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । तर, संसारमा भर्खरै पाइला टेकेको र आफ्ना प्रियजनहरूले नाम राख्न नपाउँदै शिशुको निधन भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्