विबाहित प्रेमीको छोरीलाई कपडा किनिदिने बाहानामा बोलाएर छोरी नै लिएर प्रेमीका भागीन्, प्रेमी रुँदै प्रहरी चौकी पुगे



विराटनगर । मोरङको बुढीगंगा – १ का दिपेन्द्र यादवको १ वर्ष ३ दिनकी छोरी निकिसा यादव अपहरणमा परेकी छिन् ।

निकिसालाई अपहरण गर्ने अरु कोही नभएर उनकै बाबुको प्रेममा परेकी महिला हुन । निकिसाका बाबु दिपेन्द्र यादवसँग गहिरो प्रेममा रहेकी अञ्जली साहले विबाहिक प्रेमीको नावालिक छोरीलाई लिएर फरार भएपछि अहिले अञ्जलीको खोजीमा प्रहरी लागेको छ ।

सामाजिक सञ्जालबाट केही महिनाअघि मात्र यादवको अञ्जली साहसँग सम्पर्क भएको र यी दुईबिच प्रे र रोमान्सका किस्साहरु चलिरहेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रेम सम्बन्धमा गाँसिएका उनीहरू सोमबार विराटनगरको रोड शेषमा भेट्न आएको बेला यादवका नावालिक छोरी निकिसालाई प्रेमिका अञ्जलीले चिया खाइरहेको अवस्थामा एक्कासी लिएर भागेको बयान दिपेन्द्र यादवले प्रहरीलाई दिएका छन् ।

पेशाले मेकानिकल इन्जिनियर यादवको विवाह सप्तरी राजविराजकी ममता यादवसँग भएको हो। विवाह भएको केही समयपछि ममता बिबिए पढ्न काठमाडौं गएपछि यादव र अञ्जलीबीच प्रेम सम्बन्ध झाँगिदै गएको बताइनछ ।

अञ्जलीले प्रेमी दिपेन्द्रलाई छोरीलाई लुगा किनदिने भन्दै लिएर आउन आग्रह गरेपछि उनले लिएर गएका थिए । बच्चाका लागि लुगा किनेर बच्चाको लुगा फेरिएपछि चिया र खाजा खान अञ्जलीले प्रेमी यादवलाई आग्रह गरिन्।

प्रेमिकाले आग्रह गरेपछि दुवै जना सहमतिमा नै रोडशेषस्थित एक खाजा पसलमा पुपछि औषधी किन्ने बाहानामा अञ्जली बच्चालाई लिएर फरार भएको प्रहरी स्रोत बताउँछ । । मोरङका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले बालिकाको खोजीकार्य जारी रहेको बताएपछि बालिका अहिलेसम्म फेला परेकी छैनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्