मैदानमै प्रेमिकालाई औठी लगाएर विवाहको प्रस्ताब राखेपछि चर्चामाआइन किरण चेमजोङकी प्रेमीका एयरहोस्टेस कञ्चन



काठमाडौं :

नेपाली फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले मैदानमै प्रेमिकालाई औठी लगाउद विवाहको प्रस्ताब राखेपछि अहिले यो विषयले सामाजिक संजाल गर्माएको छ । उनले पे्रमिका कञ्चन न्यौपानेलाई विवाहको प्रस्ताब राखेका हुन् । कञ्चन पेशाले एयरहोस्टेस हुन ।

उनी श्री एयरलाइन्समा कार्यरत छिन् ।उनी सुन्दरतामा उनी कुनै नायिका वा मोडलभन्दा कम छैनन् । एक फ्यानगर्लका रुपमा किरणसँग नजिकिएकी उनी अन्नत प्रेमिका बनेरै छाडिन् अब भने यो जोडीले बिहे गर्ने पनि पक्का भयो ।

माल्दिभ्समा आयोजित फुटबल लिगको उपाधि जितेसँगै किरणले कञ्चनलाई दुनियाँसामू परिचित गराइदिए । कञ्चनलाई प्रेमिका भनेर चिनाइरहदा कन्चनमा कुनै खुशीको सीमा थिइन् । आफ्नो टिमका सामुन्ने प्रेमिकालाई लगेर उनले रोमान्टिक आसनसहित औंठी लगाइदिएपछि बिहे पक्का जस्तै भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्