बन्जीजम्प गर्दा डोरी चुँडिएर ३३ वर्षकी महिलाको मृत्यु



काठमाडौं :

बन्जीजम्प गर्दा एक महिलाको निधन भएको छ । यो घटना हो कजाकिस्तानको । ३३ वर्षकी येभजेनिया लियोन्टेवा नाम गरेकी युवतीको १० अक्टोबर २०२१ मा फ्री९फ्लाई जम्पको क्रममा मृत्यु भएको हो । उनको सय फिट उचाइबाट सिधै भुइँमा खसेर मृत्यु हुँदा उनका श्रीमान पनि सँगै भएपनि उनले आँखा अगाडि श्रीमतीको मृत्यु देखे तर उनलाई बचाउन भने सकेनन् ।

ताकाचेन्कोले भने ‘मेरो आँखा अगाडि श्रीमतीको मृत्यु भयो।’ अदालतमा भनिएको छ कि येभजेनिया भन्दा पहिले उनकी एक साथी फ्री फ्लाई गएकी थिइन् । र उनले यसलाई सफलतापूर्वक पूरा गरिन् । साक्षीहरूले अदालतमा भने कि जम्प गर्नु अघि येभगेनिया डराएकी थिइन्। तर प्रशिक्षकले बारम्बार हाम फाल्न भनेका थिए ।

यसपछि अलेक्ज्याण्डरले श्रीमतीलाई ‘आई लभ यू’ भने र उनी हाम फालिन् । समाचारमा जनाइए अनुसार सपोर्टिङ डोरी रुखमा नबाधिएपछि महिला हावामा झुण्डिनुको सट्टा सिधै भुइँमा रहेको फलामको बारसँग ठोक्किएकी थिइन् । येभजेनियाका तीन छोराछोरी छन्। सबै १४ वर्ष मुनिका छन् । यस मामलामा, प्रशिक्षक मुजिनिकासलाई दोषी ठहराउदै ४ वर्षको जेल सजाए सुनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्