पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय स्तरमा घटेपनि नेपालमा घट्दैन भन्दै दादागिरी देखायो आयल निगमले



काठमाडौं १८ साउन ।

नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने बताएको छ ।

अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि आयल निगमलाई अझै घाटा भएको भन्दै मुल्य नघटाउने भन्दै विज्ञप्ती निगमले विज्ञप्ती निकालेको छ ।

आज बुधबार अनेरास्वियुले निगमको कार्यालय घेरेपछि निगमले विज्ञप्ती निकालेको हो ।

निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै, विज्ञप्तीमा इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी) लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको बताइएको छ ।

प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन : प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो ।

नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् । बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्