भ्वाइस अफ नेपाल ४ मा यी दुई चर्चित कोच बाहिरिए, प्रमोद र राजुले निरन्तरता पाउँदा को बने नयाँ कोच ?



काठमाडौं:

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोचमा हेरफेर भएको छ ।

जसमा चौथो सिजनको कोचमा राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् भने तिर्सना गुरुङ र दीप श्रेष्ठ हटेका छन् । नयाँ कोचको रुपमा राजेशपायल राई र प्रविशा अधिकारी प्रवेश पाएका छन् ।

वरिष्ठ गायक श्रेष्ठले विश्राम लिएको बताइएको छ।

राई द भ्वाइस अफ नेपाल सिजन ३ का केही एपिसोडमा गेस्ट कोच बनेका थिए भने अधिकारीले द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छन् ।
डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट १२० जना ब्लाइन्ड अडिसनका लागि छानिएको छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्