भारी वर्षापछि गएको भीषण बाढीका कारण ११ जनाको मृत्यु



काठमाडौ :

उत्तरी यमनमा भारी वर्षा र चट्याङका कारण आएको भीषण बाढीमा परी पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
उत्तरपश्चिमी प्रान्त हज्जाहका विभिन्न तीन जिल्लामा आएको बाढीमा नौ जनाको मृत्यु भएको छ भने सादा प्रान्तको छेउछाउको हेदान जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

त्यसैगरी कैयौं घर, खेतबारी र सडकमा ठूलो क्षति पुगेको बताइएको छ । गत दुई हप्तामा राजधानी साना र छिमेकी प्रान्त धामारमा बाढीका कारण ११ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले बताएका छन्।

जारी गृहयुद्धले तहसनहस देशको प्राकृतिक प्रकोपले स्वास्थ्य प्रणालीमा थप क्षति पु¥याएको छ र स्वच्छ खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधार भत्किएका छन् । जसबाट वर्षायाममा महामारी फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित छन् ।

सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो ।

फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरि ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरि अदालत बुझाएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्