इजरायल जान चाहेका तर रोकिएका युवाहरुको भिसा धमाधम लाग्दै, पहिलो चरणमा यति धेरैको भिसा आयो



काठमाडौं ।

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाको प्रवेशाज्ञा (भिसा) पाएका छन् ।

लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो ।

भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम सुरु भएको बताए ।

हाल इजरायल जाने प्रक्रियामा रहेका ८३४ मध्ये दोस्रो चरणमा ४०० जनाको भिसा आइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

पहिलो चरणसहित भिसा प्राप्त गर्नेको संख्या भने ६९८ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्