नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो,गएरातीदेखी रोकिएका सवारी साधन क्यूमा



चितवन, २० साउन :

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।

गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।

विराटनगरमा तिब्र गतिको साइकलको ७० वर्षीय वृद्धलाई ठक्कर दिएर भाग्यो :-

मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।

ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्