काठमाडौँमा भर्खरै भूकम्पको धक्का, पानीपरिँदा गएको भूकम्पले लियो धेरैैको सातो



काठमाडौँ । एकाबिहानै शनिबार कडा झड्का दिँदै भूकम्प गएको छ ।

शनिबार बिहान पानी परिरहेको अवस्थामा धक्का महशुस हुँदा सर्वसाधारण आत्तिदै ब्युझिएका छन् । शनिबार बिहान ५ बजेर २५ मिनेट जाँदा कडा धक्का दिँदै भूकम्प गएको हो । भूकम्पको धप विबरण आउन भने बाँकी छ ।

यो पनि : केपी ओलीको निरन्तर निशानामा परेका माधव नेपालले के साँच्चिकै राजनीति नै छाड्न लागेका हुन् ? राजनीति छाड्न मन लाग्यो भन्दै दिए यस्तो खरो अभिब्यक्ति : सत्ता गठवन्धन दल नेकपा एकिकृत सामाजवादीका अध्यक्ष माधव कुमार नेपाल यति बेला ठुलो तनावमा देखिएका छन् ।

सरकारले बिहिबार आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने मिति तोकेपछि नेपालमा निरास छाएको देख्न सकिन्छ ।

अध्यक्ष नेपाल यति बेला सर्वाजनिक रुपमा नै राजीनित छा्डन मन लागेको भन्ने अभिव्यक्ति दिन थालेका छन् । उमेर ७० वर्ष काटेपछि राजनीति छाड्न मन लागेको बताएका उनले परिस्थितले छोड्न नदिएको बताएका छन् ।

साथै, बिहिबार एक कार्यक्रमा उनले चुनावमा नउठे पनि माधव नेपाल डरायो भन्लान् कि भन्ने डर लागेको बताएका थिए । ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’उनले भनेका थिए ।

आज शुक्रबार बसेको सत्ता गठवन्धन दलको बैठकमा चुनावी तालमेल गर्ने सहमति भएसँगै सिट बाँडफाटका लागि समेत कार्यदल बनेपछि अध्यक्ष नेपालले राजनीति गर्न गाह्रो भएको बताएका छन् ।

नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्