साउदीमा ह, त्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा



दोहा :

साउदी अरबमा ह त्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। रिहा हुनेमा भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई भारतीय नागरिकको ह  त्या अभियोग लागेर ४ वषए देखी जेलमा थिए । साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि अन्य विषय मिलाउन नसक्दा जेल मुक्त हुन सकिरहेका थिएनन् ।

अभियुक्त निर्दोष साबित भएपछि क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यवस्था भएकाले उनीहरूले क्षतिपूर्ति दाबी गर्नेसामाजिक अभियन्ता सरोज रायले बताएका छन् ।

उनीहरूको रिहाइका लागि परिवार र आफन्तले २०७५ चैत्र १५ गते वैदेशिक रोजगार बोर्डमा कानुनी सहायताको लागि निवेदन दिएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्