यिनै हुन् क्यानडा पठाइदिन्छु भन्दै लाखौ रुपैया ठगी गर्ने ४७ वर्षीया छिरिङ डोमा शेर्पा



काठमाडौं ।

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१ की ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्।

डोमाले रत्न बहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जानको लागि जम्मा रु १४ चौध लाख रुपैयाँ लाग्छ। क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु २ लाख भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट सात लाख रुपैयाँ रकम लिइ सम्पर्क विहीन भएकी थिइन्।

वैदेशिक रोजगार विभागबाट प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउका लागि गरिएको पत्राचारका आधारमा सो कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका अत्तरखेलबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाइएको प्रहरीले जनाएको छ।

यो पनि, लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका विषयमा मानव विकास तथा सामुदायिक सेवा र प्रदेश सरकारबीचको सम्झौता खारेजी सम्वन्धमा परिपत्र आएको छ । गण्डकी प्रदेश स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता खारेजी मन्त्रिपरिषदको निर्णय बमोजिम तीन महिनाभित्र अस्पताल हस्तान्तरणको प्रक्रिया सरू गर्न एचडिसिएसलाई परिपत्र गरेको हो ।

गत सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले अस्पताल व्यवस्थापनका विषयमा सम्झौता भंग गर्ने निर्णय गरेसँगै तीन महिनाभित्र अस्पतालको चलअचल सम्पत्ति प्रदेश सरकारलाई हस्तान्तरण गर्न परिपत्र गरेको हो ।

अस्पतालको विषयमा विविध टिप्पणीसहित समयअगावै सम्झौता खारेज गरिएको पत्रमा उल्लेख छ । मन्त्रालयबाट पठाएको पत्रअनुसार स्वास्थ्य सेवा जस्तो नागरिकको आधारभुत आवश्यकताको क्षेत्रमा सरकार आफैले जिम्मेवारी वहन गर्नुपर्ने, अस्पतालले दिँदै आएको सेवाबाट नागरिक सन्तुष्ट हुन नसकेको, अस्पतालको सेवा सुविधा महंगो भएको जनगुनासो, अस्पतालको सामाजिक परीक्षण प्रतिवेदन प्राप्त नगरेको जस्ता विषयलाई टिप्पणी गरिएको छ ।

प्रदेश सरकारअन्तर्गत तत्कालिन सामाजिक विकास मन्त्रालय र मानव विकास तथा सामुदायिक सेवाबीच अस्पताल व्यवस्थापन र सञ्चालनका विषयमा २७ कार्तिक ०७७ मा सम्झौता भएको थियो । हाल उक्त सम्झौता भंग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहनेगरी ५० शैयाको जिल्लास्तरीय अस्पतालको रुपमा सञ्चालन गर्ने परिपत्रमा उल्लेख छ ।

सम्झौता खारेजीसँगै अस्पतालमा भएका भौतिक संरचना एवं उपकरण प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न स्वदेशी तथा विदेशी दातृ निकायको सहयोगमा उपलब्ध सम्पूर्ण चलअचल सम्पत्ति प्रदेश सरकारलाई हस्तान्तरण गर्ने पत्रमा उल्लेख छ ।

पछिल्लो पटक भएको सम्झौता अनुसार २०८१ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएको थियो । यस अघिनै प्रदेश सरकारले अस्पताल सञ्चालनका विषयमा एचडिसिएससँगको सम्झौता खारेज गर्नेगरी बजेट पास गरेपछि संस्थाले अस्पताल व्यवस्थापनको जिम्मेवारी छोड्ने तयारी गरीसकेको छ ।

नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल ०५८ सालमा एचडिसिएसले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा सञ्चालन गरको थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको मातहतमा आएको सो अस्पताल थप पाँच वर्षका लागि पुन सोही संस्थाले सञ्चालन गर्नेगरी सम्झौता भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्