पुरानो सुनलाई टल्काएर नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुई जना भारतीय नागरिक पक्राउ



सुर्खेत, २३ साउन:

पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।पुरानो सुन ९गरगहना० टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा गएर ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्