सिन्धुपाल्चोकमा बाटो हिँड्दा चिप्लिएर भिरमा अड्किएका ३५ वर्षीय छिरिङको भगवान बनेर पुग्यो सशस्त्र प्रहरी



सिन्धुपाल्चोक :

मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका युवकको उद्दार गरिएको छ । सशस्त्र प्रहरीले हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पाकोउद्धार गरेको ।शेर्पा शनिवार बाटो हिँड्दा चिप्लिएर लडेर भिरमा अड्किएका थिए ।

उद्दारमा सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीको टोली सहभागी रहेको थियो ।सशस्त्र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका युवकको उद्दार गरेको छ ।

हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा शनिवार बाटो हिँड्दा चिप्लिएर लडेर भिरमा अड्किएका थिए ।गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको उद्दार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्