बालेनले चाहँदा चाहँदै पनि उठाउन सकिरहेका छैनन फोहोर, काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका १४ टिपरमाथी स्थानीयले गरे तोडफोड



काठमाडौं २४ साउन ।

काठमाडौंबाट फोहोर बोकर बञ्चरेडाँडा पुगेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर स्थानीयबासीले तोडफोड गरेका छन् । आफ्नो मागलाई वेवस्ता गरेको भन्दै स्थानीयले आक्रोशित बनेका हुन् ।

मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको र आफ्नो आन्दोलनलाई हस्तक्षेप गरेको भन्दै महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा तोडफोड गरेका हुन् ।

यस अघि नै आफ्नो माग पुरा नभएर भदौ १ गतेबाट फोहोर फ्ल्यान नदिने मितिका संयोजक श्रीराम ढुंगानाले बताएका थिए ।

महानगर सिसडोल(बञ्चरेडाँडा वासीसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुनस् स्थानीयले अवरोध गर्न थालेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्