काठमाडौँ उपत्यकामा भिषण वर्षा हुँदा मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा, १ तलासम्म घर पुरिए



काठमाडौं, २५ साउन :

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ ।

भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।

मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्