राष्ट्रियसभा सदस्यबाट एक्कासी किन राजीनामा दिने सोचमा पुगे नारायणकाजी श्रेष्ठ ? के प्रचण्डसँग खटपट भएको हो ?



काठमाडौं २६ साउन ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका हुन् ।

गएको निर्वाचनमा श्रेष्ठ नयाँ शक्ति पार्टीका तत्कालीन संयोजक डा। बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भए ।

त्यसैगरी केहि समय अगाडी अगाडी मा नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बनेका बाबुराम भट्टराई पनि गोरखा–२ बाटै उम्मेदवारी दिने तयारीमा छन् ।

यता नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले भने गोरखा २ माओवादी वा भट्टराई कसैर्लाइ पनि छाड्न नसकिने भन्दै आएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्