एमालेसँग एक्लै चुनाव लड्ने क्षमता नभएर कांग्रेसले गठवन्धन गर्यो भन्दै झर्किए ओलीका यी खास मान्छे



काठमाडौं २६ साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा नेपाली कांग्रेस एमालेसँग एक्लै लड्न नसक्ने भएकाले गठवन्धन गरेको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यकममा नेता अधिकारीले सत्ता गठबन्धनमा आबद्ध दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने भन्दै यस्तो बताएका हुन् ।

पाँचदलीय गठबन्धनलाई ‘वित्तीय गठबन्धन’को संज्ञा दिएका उनले वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा गम्भीर चुनौती खडा भएको बताए ।

साथै, उनले नागरिकता विधेयकमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै आफ्नो निर्णय लिने आफ्नो धारणा राखे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्